०६ असार २०८३, शनिबार

बुटवलमा ‘जूलोजिकल सेमिनार’

बुटवलमा ‘जूलोजिकल सेमिनार’

लुम्बिनी प्रदेशको जैविक विविधता उजागर गर्ने उद्देश्यले आजदेखि बुटवलमा दुई दिने जूलोजिकल सेमिनार हुने भएको छ । नेपाल जिलोजिकल सोसाइटीले बुटवलमा पहिलो पटक प्राणी र प्राणीजगतको वातावरणीय अवस्थाको उजागर गर्न शुक्रबारदेखि सेमिनार आयोजना गरेको हो । 

प्रदेश अन्तर्गतका १ सय भन्दा बढी र केन्द्रबाट प्राणीशास्त्रीहरू बुटवल आइपुगेका छन् । सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम छ । नेपाल जिलोजिकल सोसाइटीका अध्यक्ष प्रा. डा. महेन्द्र महर्जनले लुम्बिनी प्रदेशमा पाइने प्राणीजगतको संरक्षण र प्रवद्धन गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए ।

‘लुम्बिनी प्रदेशमा पाइने महत्वपूर्ण प्राणीहरु जस्तै सारस, के्रन, बर्दियामा रहेको पाटेबाघ, हरिण, मृग, निलगाई, विभिन्न प्रकारका किरा किरा फ्टयाङग्रा, मौरी पालन छपियाको माछा, जगदिशपुर तालभित्रको सिमसार, अर्घाखाँचीको घेरालेख र घोर्लासी क्षेत्रमा पाइने विभिन्न प्रकारका गिद्धहरूको संरक्षण र गर्नु हाम्रो दायित्व हो ।’ प्रा. डा महर्जनले भने ।

सेमिनारमा ४ वटा कार्यपत्र प्रस्तुत हुनेछन । जिलोजिकलका केन्द्रीय सदस्य केशव महतले प्राणीहरूको संरक्षण तथा प्रवद्र्धनमा क्रियाशील हुन सहज होस भन्ने उद्देश्यले नेपाल जोलोजिकल सोसाइटी लुम्बिनी प्रदेश स्तरीय समिति पनि गठन हुने बताए । लुम्बिनी प्रदेशमा बढी रहेको सर्पको टोकाईको समस्या र कारणबारे पनि कार्यक्रम प्रस्तुत हुनेछ ।

नेपाल जैविक विविधताले महत्वपूर्ण भए पनि अध्ययन र अनुसन्धान कम भइरहेको छ । यहाँ विदेशी संस्थाहरुले आएर अनुसन्धान गर्ने गर्छन । महतले सरकारले नेपालको जैविक विविधता अनुसन्धान गर्नको लागि प्राथामिकतामा नराखेको बताए । पछिल्लो समय वातावरणीय प्रदुषण र विश्वव्यापी उष्णता, जलबायु परिवर्तनले प्राणीहरुको प्रत्यक्ष रुपमा असर परेको जिलोजिकलका प्राध्यापक बाबुराम बञ्जाडेले बताए ।

बञ्जाडेले बुटवलमा पहिलो पटक आयोजित सेमिनारले पर्यावरण, पर्या पर्यटन, वातावरण संरक्षण जस्ता क्षेत्रमा समेत महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । प्राणीशास्त्रको महत्व उजागर गर्नुपर्ने आवश्यकतालाई महशुस गरी एक कोषीय प्राणीदेखि बहुकोषिय विकसित चेतनशील प्रााणीहरुसम्मको अध्ययन अनुसन्धानमा सेमिनारले जोड दिनेछ ।  

salt training

कमेन्ट गर्नुहोस्