२३ जेठ २०८३, शनिबार

वामदेवले ल्याए पार्टी एकता जोगाउने गीत

माघ २२, २०७७
वामदेवले ल्याए पार्टी एकता जोगाउने गीत

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेपछि उपाध्यक्ष वामदेव गौतमले एकता जोगाउन पहल जारी राखेका छन् । ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेर एकता जोगाउन तल्लीन उनले एक गीत सार्वजनिक गरेका छन् । गीतमा उनले नेकपा किसान र मजदूरको साथी भएको भन्दै विकास र सम्बृद्धिको सारथी पनि भएको बताएका छन् ।

एकता नै बल भएको भन्दै उनले पार्टी जोगाउन सबै पक्ष आ–आफ्नो ठाउँबाट जुट्नुपर्नेमा जोड दिएका छन । हाल प्रचण्ड–नेपाल र ओली समूह कतैपनि नलागेका उनले विभाजनले कसैको पनि हित नगर्ने बताउँदै आएका छन् ।

यस्तो छ वामदेवको ‘एकता अभियान' गीत

एकता अभियान गीत
 -वामदेव गौतम

उठ्छौ अव जुट्छौ हामी एकतामा लाग्नलाई ,
अभियानमा हिँड्छौँ हामी पार्टी जोगाउनलाई !!


नेकपा हो किसान र मजदूरको साथी,
नेकपा नै विकासको संवृद्धि सारथी।
नेकपा हो नेपालको शान अनि मान,
नलाग्नु न नेता कमरेड यसलाई फुटाउन ।१।
यही पार्टी हो हाम्रो देशमा परिवर्तन ल्याउने,
बहुपार्टी समाजवादको विकास गराउने ।
राष्ट्रियता स्वाभिमान गौरव जोगाउने,
संसारभरी नेपालको इज्जत बढाउने ।
।२।

एकता नै बल हाम्रो एकता नै शक्ति ,
यही शक्तिले जन्माउँछ हाम्रो राष्ट्रभक्ति ।
राष्ट प्रिय बन्छ हाम्रो नेपाल कम्युनिस्ट पार्टी ,
मिलाएर नेता सबलाई जोगाऊँ यस्तो पार्टी ।३।

salt training

कमेन्ट गर्नुहोस्