०१ असार २०८३, सोमबार

दरबारमार्गबाट बादलको गर्जन– ‘मांसहारी आन्दोलन गर्छौं भन्नेलाई ‘जू’मा बन्द गरिने छ’

दरबारमार्गबाट बादलको गर्जन– ‘मांसहारी आन्दोलन गर्छौं भन्नेलाई ‘जू’मा बन्द गरिने छ’

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मालाई अपदस्थ गर्ने षड्यन्त्र भएपछि संसद् विघटनको कदम चाल्नु परेको बताएका छन् । 

काठमाडौंको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री थापाले अवसरवादका विरुद्ध फेरि आफूहरू एकजुट भएको बताएका हुन् । 

‘अहिलेको अस्थिरता राष्ट्रपतिको मानमर्दन गर्नेसित जोडिएको छ, अस्थिरतासँग यो प्रतिगमन जोडिएको छ, प्रतिगामी तत्वले नेतृत्व विस्थापित गर्न सबै प्रकारको भ्रम छर्दै आएका छन्,’ बादलले भने, ‘नेतृत्वले आत्मसमर्पण गर्दैन र स्वेच्छाले राजीनामा नगरे मांसहारी आन्दोलनबाट विस्थापित गर्ने भनेका छन् । मासंहारी आन्दोलन गर्नेलाई संविधानमा व्यवस्था छ । त्यस्तालाई जावलाखेलको जूमा लगेर बन्द गरिने छ ।’ 

केही साताअघि विद्यार्थी नेताहरूलाई सम्बोधन गर्ने क्रममा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले साकाहारी आन्दोलनले नपुग्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्