
१५ हजार रुपैयाँ घुस रकमसहित नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।
आयोगले उनीसहित लेखापढी व्यवसायी अरुण कुमार यादवलाई पनि पक्राउ गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका हुन् ।
प्रवक्ता रिसालले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, जग्गाको कित्ता काट गरी दिने भनी लेखापढी व्यवसायी अरुण कुमार यादवमार्फत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा उक्त रकमसहित रंगेहात नियन्त्रणमा लिइएको छ ।