०४ असार २०८३, बिहीबार

आज पनि रिहा भएर फेरि पक्राउ परे धर्मेन्द्र बाँस्तोला

आज पनि रिहा भएर फेरि पक्राउ परे धर्मेन्द्र बाँस्तोला

प्रतिबन्धित नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलाई प्रहरीले फेरि पक्राउ गरेको छ । हिजो सर्वोच्च अदालतको आदेशमा रिहा भएका उनलाई आज समेत काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेपनि प्रहरीले पुनः पक्राउ गरेको हो ।

बाँस्तोलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरातसमा राखिएको छ ।

पुराना मुद्धा बाँकी रहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

पुस २९ मा प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्