२६ जेठ २०८३, मंगलबार

उत्तराखण्डमा हिमताल फुटेको हैन, बाढी आउनुमा यस्तो पो रहेछ कारण

माघ २७, २०७७
उत्तराखण्डमा हिमताल फुटेको हैन, बाढी आउनुमा यस्तो पो रहेछ कारण

भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा आइतवार अचानक बाढी कसरी आयो ? वैज्ञानिकहरूको टोलीले यसको जाँच गरिरहेका छन् । 

राहत र उद्धारकार्य जारी छन् । यसैबीच भेटिएका प्रमाणले यो विपत हिमस्खलनका कारण बनेको अस्थायी तलाउ टुक्रिएकाले गर्दा भएको इशारा गरेका छन् । 

यसलाई प्राविधक भाषामा ल्यान्डस्लाइड्स लेक आउटबर्स्ट्स फ्लड भनिन्छ । 

वैज्ञानिकहरूले भूउपग्रहीय तस्वीरहरूको अध्ययन गरिरहेका छन् । रोयल क्यानेडियन जियोग्राफिकल सोसाइटीका डा डुयान शूगरले प्लानेट ल्याब्सको भूउपग्रहीय तस्वीरमा एक विशेष कुरा नोट गरेका छन् । 

उनका अनुसार, रैंणी गाउँ नजिक एक पहाडमा जमेको हिउँको ठूलो भाग आइतवार खस्यो र शायद त्यसैले बाढी ल्यायो । हिमस्खलनका कारण नदीहरूमा लगभग ३० देखि ४० लाख क्युबिक मिटर पानी पुग्यो । 
 

देहरादूनस्थित वाडिया इन्स्टिच्युट अफ हिमालय जियोलोजीले पनि घटनाको आरम्भिक जाँच गरेको छ । त्यस संस्थाको ग्लेसियोलोजी यान्ड हाइड्रोलोजी डिभिजनका प्रमुख सन्तोष रायले बताए, ‘भूउपग्रहीय तस्वीर हेर्दा हिमताल फुटेर भन्दा पनि हिउँ पग्लिएर बाढी आएको हो । वैज्ञानिकहरूको दुई टोलीलाई घटनास्थलमा पठाइएको छ । अनुसन्धान पूरा भएपछि हामीसँग पूर्ण जानकारी हुनेछ ।’

उनले थपे, ‘आइतवार हिउँ पग्लन शुरू गरेको थियो र एकातर्फको हिउँ जम्मा हुन थाल्यो जसकारण हिमस्खलन भयो । हिउँ तल उपत्यकातिर आउँदै जाँदा गति र ऊर्जा बढ्दै गयो । त्यसैले बाटोमा पानी र माटोको मात्रा पनि वृद्धि हुँदै गयो ।’

त्यसै बाढीले बाँध भत्काएपछि जनधनको क्षति गरिदियो ।

salt training

कमेन्ट गर्नुहोस्