
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
सोमवारको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।
तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि कात्तिक २१ गतेदेखि शाक्यले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए ।