
वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनावको तयारीबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार निर्वाचन आयोग पुगेका छन् ।
प्रधानमन्त्री ओली मध्याह्न पौने १२ बजे निर्वाचन आयोग पुगेका हुन् ।
मन्त्रिपरिषद्ले सोमवार गरेको निर्णयबारे जानकारी गराउन अर्थमन्त्री विष्णु पौडेलसहित प्रधानमन्त्री ओली आयोग पुगेका हुन् ।
सरकारले पहिलो चरणमा चारवटा प्रदेश र दोस्रो चरणमा तीनवटा प्रदेशमा चुनाव गर्नेगरी सोमवार निर्णय गरेको थियो ।
अर्थमन्त्री पौडेल र नेकपा नेता सुवास नेम्वाङ ११ बजे नै आयोग पुगेका थिए । प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ को चुनाव एकदिन पनि पर नसर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि चुनाव घोषणा गरेकी थिइन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।