१० असार २०८३, बुधबार

पाकिस्तानी जलसेनाले विशाल बहुराष्ट्रिय अभ्यास गर्ने

माघ २७, २०७७
पाकिस्तानी जलसेनाले विशाल बहुराष्ट्रिय अभ्यास गर्ने

पाकिस्तानको जलसेनाले उत्तरी अरब सागरमा अमन २१ नाम दिइएको अहिलेसम्मकै सबभन्दा विशाल बहुराष्ट्रिय जलक्षेत्रीय अभ्यास आयोजना गर्न लागेको छ ।

क्षेत्रीय शान्ति हासिल गर्न तथा जलक्षेत्रका चुनौतीहरूको सामना गर्ने यस अभ्यासको मिसन हो । 

संसारका शीर्ष लगायत ४५ भन्दा बढी देशका जलसेनाले यस शृंखलाको सातौं अभ्यासमा भाग लिने भएका छन् । सन् २००७ देखि हरेक दुई वर्षको अन्तरालमा यो अभ्यास हुने गरेको छ । 

अमेरिका, चीन र रुसका जलसेनाले पनि यसमा भाग लिन लागेका छन् । रुसले नेटो सदस्यहरूसँग संयुक्त सैन्य अभ्यास गर्न लागेको यो पहिलो अवसर हो । 
 

आतंकवाद, समुद्री डकैती, लागूऔषध तथा हतियार तस्करी, मानव तस्करी, जलवायु परिवर्तन जस्ता साझा शत्रुहरूलाई पराजित गर्न मतभिन्नता त्याग्दै संयुक्त काम गर्ने अवसर सहभागी मुलुकहरूले पाएको पाकिस्तानी जलसेना प्रमुख अमजद खान नियाजीले बताएका छन् । 

यसले क्षेत्रीय शान्ति तथा स्थिरता, जलक्षेत्रमा आतंकवाद तथा अपराध लगायतका जोखिमलाई परास्त गर्ने काम तथा क्षेत्रीय र अन्य जलसेनाबीचको सहकारवाही वृद्धिका लागि पाकिस्तानी जलसेनाको भूमिका लगायतका लक्ष्य लिएको छ ।

पाकिस्तानी जलसेनाले सन् २००७ मा यो अभ्यास शुरू गर्दा जम्मा ती सहभागी थिए तर जलक्षेत्र सुरक्षाको सन्देशलाई धेरैले स्वीकार गरे अनि सहभागी संख्या बढ्दै गयो ।

salt training

कमेन्ट गर्नुहोस्