
डर कति प्रकारका हुन्छन् ? एकछिन सोच्ने हो भने यो धेरै लामो बहसको बिषय बन्ला ।
मान्छे कुन पेशा र कर्ममा छ त्यसअनुसार डरका किसिम हुन सक्लान् । हालै चर्चित गायक बद्री पंगेनीले आफु आवद्ध संगीत पेशामा पछिल्लो समयका क्रियाकलाप र गतिविधिलाई नियालेर विभिन्न किसिमको डरले थिलो-थिलो परेको बताएका छन् । आफ्नै सामाजिक संजालमा पोस्ट लेख्दै उनले यसो लेखेका छन् :
शब्द जुध्छ कि भन्ने डर
लय जुध्छ कि भन्ने डर
भिडियोको कन्सेप्ट जुध्छ कि भन्ने डर
कुनै नयाँ काण्डले तहसनहस पार्छ कि
भगवान रुपी सहयोगी मनले आशीर्वाद फिर्ता लिन्छन् कि भन्ने डर
गित चलिहाल्यो भने सहकार्य गर्नेले जेल पुर्याउँछन् कि भन्ने डर
अलिक मोर्डन गरौं मौलिकता हरायो भन्ने डर
मौलिक गरौं पुरानै शैलिको भयो भन्ने डर
गित गाउन छोडौं भोकै मरिन्छ कि भन्ने डर
उनको उक्त पोस्टपछि धेरैले धेरै किसिमका प्रतिक्रिया दिएका छन् । अर्का गायक बसन्त थापाले प्रतिक्रिया दिएका छन्, ‘त्यहि भएर आँखा चिम्म गरेर अगाडि बढ्नु पर्छ डर लाग्दैन । कुश्माको बन्जी जम्प जस्तै डर त लाग्छ तर दुर्घटना अपवाद ।’
त्यस्तै गायक कृष्ण रेउलेले प्रतिक्रिया दिएका छन्, ‘चिन्ताको बिषय हो यो अहिलेको अवस्थामा । यसको चिरफार गरेर सहि बाटोमा ल्याउनु पर्छ नेपाली गीत संगीतलाई ।’उनको पोस्टमा अरु धेरै कलाकार तथा सुभचिन्तकहरुले पोस्ट गर्दै अनेक किसिमका प्रतिक्रिया दिएका छन् । यो पोस्टमा १७ सय लाइकसँगै झण्डै ३ सय प्रतिक्रिया आएका छन् । धेरैले यो पछिल्लो समयको तितो यथार्थ मिसिएको स्ट्याटस रहेको भन्दै संगीत उद्योगलाई सहि दिशामा लैजाने तर्फ अघि बढ्नुपर्ने र त्यसका लागि सबैको सहकार्य हुनुपर्ने बताएका छन् ।
म जस्तै गित रिलिज गर्नेकोहरुको डर- -शब्द जुध्छ कि भन्ने डर। - लय जुध्छ कि भन्ने डर। - भिडियोको कन्सेप्ट जुध्छ कि भन्ने...
Posted by Badri Pangeni on Sunday, 7 February 2021