
उपभोक्ता टेक्नोलोजी संघ (सीईएस) द्वारा आयोजित वार्षिक ट्रेड शोमा धेरैजसो अवार्डहरू एलजीले जितेको छ ।
संयुक्त राज्य अमेरिकाको नेन्वाडा विन्चेस्टरको लास भेगास कन्भेन्सन सेन्टरमा जनवरीमा आयोजित कार्यक्रममा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगका नयाँ उत्पादन र टेक्नोलोजीहरू प्रस्तुत गरिएका थिए ।
सन् २०२१ सीईएसको डिजिटल प्रतियोगिता अन्तर्गत धेरैजसो अवार्डहरू एलजी इलेक्ट्रोनिक्सले हात पारेको छ । प्रविधिको उद्योगका लागि सीईएसलाई एक मुख्य निर्णायक श्रेणी मानिन्छ ।
सीईएसमा १० हजारभन्दा बढी उत्पादनकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा आफ्ना घरायसी सामानहरू, मनोरञ्जन, आईटी र मोबाइल विधामा १९० भन्दा बढी पुरस्कारबाट सम्मानित भएको छ ।
एलजीलाई यो पहिचान र सम्मान इङ्गेजको बेस्ट अफ सीईएस अवार्ड (सीईएसको आधिकारिक अवार्ड कार्यक्रम) ले दिलाएको कम्पनीले जनाएको छ ।
टीभीको श्रेणीमा एलजी ओएलईडीले लगातार सातौं वर्षमा पनि अवार्ड हात पारेको छ भने उत्कृष्ट फोन तथा मोबाइल डीभाइसमा एलजी रोलेबल स्मार्ट फोनले उपाधिहरू हासिल गरेको छ ।
त्यसैगरी, एलजीको नयाँ इन्स्टाभ्यु डोर–इन–डोर रेफ्रिजेरेटरले घरायसी सामानको विधामा अवार्ड हात पारेको छ ।
प्रविधिमा नवीनताका लागि सीटीएको आधिकारिक अवार्ड कार्यक्रममा एलजीले सीईएस इनोवेसन अवार्डहरू पनि हासिल गरेको छ । अवार्डहरू एलजीको सी१ ओएलईडी टीभी र इन्स्टाभ्यु थिन रेफ्रिजेरेटरलाई प्रदान गरिएको छ ।