
बेलायतको ट्राफोर्ड जनरल हस्पिटलमा ९१ वर्ष उमेरका पतिपत्नी कोभिडका कारण बितेका छन् ।
मार्गरेट र डेरेक फर्थ विगत ७० वर्षदेखि विवाहित थिए । कोभिडका कारण बित्नुअघि उनीहरूले अस्पतालमा अन्तिम भेट गरेका थिए ।
उनीहरूले अस्पतालको शय्यामा एकअर्काको हात समातेको कारुणिक तस्वीरहरू सार्वजनिक भएका छन् ।
पार्टिङटनमा बस्ने यो जोडी १४ वर्षको उमेरदेखि प्रेममा थिए । मार्गरेटलाई शुरूमा वीथेनशावे अस्पतालमा भर्ना गरिएको थियो तर पछि ट्राफोर्ड सारियो ।
डेरेक पनि वीथेलशावेबाट ट्राफोर्ड सरे किनकि पत्नी धेरै बाँच्दिनन् भनेर उनलाई चिकित्सकहरूले बताएका थिए ।
डेरेकको मृत्यु जनवरी ३१ मा भयो भने मार्गरेट त्यसको तीन दिनपछि बितिन् ।
उनीहरूलाई अर्थोकै स्वास्थ्य समस्या देखिएको थियो तर पछि कोभिड लाग्यो ।
मार्गरेट र डेरेकको विवाह सन् १९५० मा भएको थियो र उनीहरूले पार्टिङटनमा नै जीवनको अधिकांश समय बिताएका थिए ।