बलिउड अभिनेत्री आलिया भट्टले साथीहरूसँग माल्दिभ्समा बिताएको छुट्टीका तस्वीरहरू सार्वजनिक गरेकी छन् ।
उनी आफ्नी बहिनी शाहीन र साथीहरू आकांक्षा रञ्जन तथा अनुष्का रञ्जनसँग माल्दिभ्स घुम्न गएकी थिइन् ।
उनीहरूले नुहाउने ठाउँको अनि सूर्यास्तका दृश्यहरूको तस्वीर शेयर गरिरहेका छन् । बीचवेयर लगाएर उनीहरूले खिचाएको तस्वीर भाइरल भइरहेको छ ।
मंगलवार आलियाले इन्स्टाग्राममा ताजा तस्वीर शेयर गरेकी छन् । उनले गुलाफी बिकिनी लगाएर धूम मच्चाएकी छन् ।
आलियाका दुई फिल्म गंगुबाई काठियावाडी र आरआरआरको शूटिङ चलिरहेको छ ।