
विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरूको एक टोलीले चीनको वुहानमा गरेको भ्रमणपछि निष्कर्ष सार्वजनिक गर्न मंगलवार पत्रकार सम्मेलन गरेको छ ।
उक्त टोलीले चारवटा हाइपोथेसिसको अध्ययन गरेको थियो : पशुबाट मानिसमा सीधै संक्रमण, बीचको एउटा होस्टमार्फत भाइरस मानिसमा प्रवेश गरेको, जमाइएो खानेकुरामार्फत भएको संक्रमण तथा प्रयोगशालाबाट भएको संक्रमण ।
प्रयोगशालाबाट संक्रमण फैलिएको भन्ने हाइपोथेसिसले भाइरस मानिसमा सरेको कुरालाई खासै व्याख्या गर्न नसक्ने विश्व स्वास्थ्य संगठनका वैज्ञानिक डा पिटर बेन इम्बारेकले बताए ।
वुहानको प्रयोगशालाका वैज्ञानिकहरूले लापरवाही गरेर कोरोना संक्रमण फैलाएको भनी चीनको बदनाम गर्ने प्रयास कतिपयले गरेको अवस्थामा विश्व स्वास्थ्य संगठनले त्यसलाई झूटो साबित गरेको छ ।