२५ जेठ २०८३, सोमबार

उद्योगलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न परिसंघको आग्रह

उद्योगलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले औद्योगिक विस्तारबाट रोजगारीमा वृद्धि गर्न सरकारलाई आग्रह गरेको छ । 

मंगलवार मुख्यसचिव शंकरदास वैरागीलाई सिंहदरवारमा भेट गरी परिसंघले रोजगारी सिर्जनाका लागि आग्रह गरेको हो । 

लफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगहरुले नेपालको कुल ग्राहस्थ उत्पादनमा पुर्‍याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगहरुको क्षमता विकास र प्रतिस्पर्धी बनाई स्वदेशमानै रोजगारी सृजना गर्न नेपाल सरकारले सहज वातावरण तयार गर्नु पर्ने बताएका थिए ।

अध्यक्ष मोरले नेपालको युवाशक्तिहरु विदेशमा गएर रोजगारी गर्नु पर्ने बाध्यतालाई न्यूनीकरण गर्दै विदेशमा रहेका युवाहरुलाई पनि स्वदेशमानै अवसर प्रदान गर्नको लागि दीर्घकालिन लक्ष्यहरु तय गरी सरकार र निजी क्षेत्र एकैसाथ अगाडी बढ्नु पर्ने धारणा राखेका थिए ।

परिसंघको अनुसन्धान इकाईले अध्ययन गरी तयार गरेको नेपालमा उद्योग दर्ताको स्थिति र त्यसबाट भएको रोजगारी सृजनाका सम्बन्धमा छलफल भएको थियो । 

छलफलमा नेपालको अर्थतन्त्रलाई माथि उठाउनको लागि आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भर तर्फ उन्मुख गराउन सरकार र निजी क्षेत्रको सहकार्यलाई जोड दिइएको थियो । 

मुख्यसचिव वैरागीले नेपालमा कृषि क्षेत्रलाई प्रधानमन्त्रीबाट उच्च प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै कृषि क्षेत्रमा निजी क्षेत्रले रोजगारी सृजना गर्न सक्ने धारणा राखेका थिए ।
हाल सरकारले कृषि क्षेत्रमा पनि वैदेशिक लगानीलाई खुला गरेकोले यसतर्फ निजी क्षेत्रको ध्यान जानु पर्ने विचार व्यक्त गरेका थिए । 

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तोयानारायण ज्ञवाली र परिसंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल र उपाध्यक्ष अनुज अगरवालको उपस्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्