२३ असार २०८३, मंगलबार

दीर्घराज मैनालीले पाए आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मा

दीर्घराज मैनालीले पाए आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मा

 आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी दीर्घराज मैनालीले पाउने भएका छन् । 

सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशक मैनालीलाई आन्तरिक राजश्व विभागमा लैजाने तयारी गरेको हो । 

मैनाली अहिले राजस्व अनुसन्धान विभागको महानिर्देशक छन् । जुन प्रधानमन्त्री कार्यालय अन्तर्गत पर्छ । आन्तरिक राजस्व विभाग भने अर्थमन्त्रालय अन्तर्गत पर्छ ।

मैनालीलाई ल्याउनको लागि प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा गर्नुपर्छ । यसको लागि सामान्य प्रशासन मन्त्रालयले सहमति दिनुपर्छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद कुँवर गण्डकी प्रदेशमा सरुवा भएपछि पछिल्लो एक महिनादेखि आन्तरिक राजस्व विभागमा महानिर्देशक पद खाली थियो ।

मैनालीले २०६६ सालमा पनि निकै नै चर्चित भएको नक्कली भ्याटबिलको छानबिन गर्दा उपसचिवको हिसाबले विभागमा नै काम गरेका थिए ।

पछिल्लो २ वर्ष मैनालीले राजस्व अनुसन्धान विभागमा हुँदा नक्कली भ्याटबिल छानबिन र व्यवसायमा पारदर्शीता ल्याएको भिसिटिएस कार्यान्वयन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्