
सरकारका प्रवक्ता पार्वत गुरुङले अग्रपङ्क्तिमा खटिएर समाचार सम्प्रेषण गरिरहेका पत्रकारका लागि कोभिडविरुद्धको खोप २०७७ साल माघ २६ गतेबाट लगाउने व्यवस्था मिलाइएको जानकारी बताएका छन् । उनले सूचना तथा प्रसारण विभागबाट जारी प्रेस प्रतिनिधि पास प्राप्त गर्ने सञ्चारकर्मी र नेपाल पत्रकार महासङ्घको सदस्यता प्राप्त गर्ने सञ्चारकर्मीका लागि तोकिएको स्थानमा गएर खोप सेवा लिन अनुरोध समेत सोमबार गरे ।