२२ जेठ २०८३, शुक्रबार

प्रचण्ड-नेपालको विरोध सभा : त्रिपुरेश्वर आर्कमा वर्षमान, अष्टलक्ष्मीदेखि रेनु दाहालसम्म

प्रचण्ड-नेपालको विरोध सभा : त्रिपुरेश्वर आर्कमा वर्षमान, अष्टलक्ष्मीदेखि रेनु दाहालसम्म

प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड-नेपाल पक्षले बुधवार राजधानीमा विरोध सभा आयोजना गरेको छ ।

भृकुटीमण्डपमा आयोजित सभाअघि राजधानीका ५ स्थानबाट जुलुस निस्किएका छन् । जुलुसहरूलाई व्यवस्थित बनाउन ५ वटा आर्क विभाजन गरी विरोध प्रदर्शन गर्न लागिएको हो ।

यसैक्रममा त्रिपुरेश्वर आर्कको नेतृत्व जनार्दन शर्मा, वर्षमान पुन, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे लगायतले गर्दैछन् ।

जुलुसको अग्रपंक्तिमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल लगायत समेत देखिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा प्रचण्ड-नेपाल पक्ष आन्दोलित बनेको हो ।

salt training

कमेन्ट गर्नुहोस्