२६ जेठ २०८३, मंगलबार

म्यान्मारमा सैन्य कूविरुद्धको पाँचौं दिन प्रदर्शन जारी

माघ २८, २०७७
म्यान्मारमा सैन्य कूविरुद्धको पाँचौं दिन प्रदर्शन जारी

म्यान्मारमा सेनाले गरेको कूका विरुद्ध लगातार पाँचौं दिन देशका विभिन्न शहरमा प्रदर्शनहरू भइरहेका छन् ।

सेनाले सत्ता हत्त्याएपछि अपदस्थ नागरिक सरकारमाथि दमन बढाउँदै लगेको छ । 

यसैबीच सैनिकहरूले हिरासतमा राखिएकी नेत्री आङ सान सू चीको पार्टी कार्यालयमा मंगलवार राति छापा मारेको छ । 

प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहोरा, अश्रूग्यास र रबरको गोली प्रहार गरेको छ । 

राजधानी नेपीतमा एकजना चिकित्सकले बताएअनुसार, गोली चल्दा दुईजना गम्भीर घाइते भएका छन् ।

तर मानिसहरू अडिग भएर आन्दोलन गरिरहेको भिडियो फूटेजहरूमा देखिएको छ । बुधवार बिहान उनीहरूले एक प्रमुख राजमार्गमा नाकाबन्दी गरेका छन् । 

प्रहरीले गरेको दमनको भर्त्सना गर्दै संयुक्त राष्ट्रसंघका एक विशेष प्रतिवेदक टम एन्ड्रुजले एक युवतीलाई गोली हानेर घाइते बनाइएको जानकारी दिए । 

ती महिलाको तस्वीर अन्लाइनमा फैलिएपछि पीडा र आक्रोश व्यक्त गरिएको थियो । 

ती महिलालाई टाउकोमा गोली हानिएको थियो र उनी गम्भीर अवस्थामा सघन उपचार कक्षमा रहेको चिकित्सकले बताएका छन् । 

मान्डलेमा सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूमाथि ताकेरै अश्रूग्यास प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताए । विरोधकर्ताहरूले सू चीको नेसनल लीग फर डेमोक्रेसीको रातो झण्डा बोकेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्