१४ असार २०८३, आइतबार

कांग्रेस कञ्चनपुरका पूर्व सभापतिको निधन

कांग्रेस कञ्चनपुरका पूर्व सभापतिको निधन

नेपाली कांग्रेस कञ्चनपुरका पूर्व पार्टी सभापति एवं राष्ट्रिय सभाका पूर्व सांसद गंगादत्त जोशीको निधन भएको छ ।

सभापति शेरबहादुर देउवाले बुधवार ट्विट गर्दै जोशीले लोकतन्त्र प्राप्तिको हरेक आन्दोलनमा खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको स्मरण गरेका छन् ।

‘मेरा मित्र गंगादत्त जोशीको निधनको खबरले निकै मर्माहित भएको छु,’ सभापति देउवाले लेखेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले समेत ट्विट गर्दै जोशीको हृदयघातबाट निधन भएको खबरले दुःखी र स्तब्ध भएको जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्