१६ असार २०८३, मंगलबार

भारतमा सांसदले सोधे– सीता र रावणको देशमा पेट्रोल सस्तो, रामको देशमा महंगो किन ?

माघ २८, २०७७
भारतमा सांसदले सोधे– सीता र रावणको देशमा पेट्रोल सस्तो, रामको देशमा महंगो किन ?

भारतको माथिल्लो सदन राज्यसभामा सांसद विशंभर प्रसाद निषादले पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानलाई बुधवार सोधे, ‘सीता र रावणको देशमा भन्दा रामको देशमा पेट्रोल किन महंगो ?’

सीता जन्मेको देश नेपाल र रावणको देश श्रीलंकामा भारतको भन्दा सस्तो पेट्रोल पाइने उनले बताए । 

यसको जवाफ दिँदै मन्त्री प्रधानले पेट्रोल र डीजलको मूल्य अन्तर्राष्ट्रिय मूल्य प्रणालीअन्तर्गत नियन्त्रित हुने बताए । तेलको मूल्य अहिलेसम्मकै बढी भनी मिथ्या अभियान चलाउन खोजिएको उनले बताए ।

उनले भने, ‘विगत ३०० दिनमा लगभग ६० दिन मूल्य बढ्यो । लगभग सात दिन पेट्रोलको र २१ दिन डीजेलको मूल्य हामीले घटाएका छौं । लगभग २५० दिनसम्म हामीले मूल्य बढाउने वा घटाउने गरेका छैनौं । मूल्य अहिलेसम्मको सबभन्दा उच्च स्तरमा भएको भनी मिथ्या प्रचार गरिएको छ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्