
राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रमा निर्वाचन प्रणाली निकै खर्चिलो भएको हुँदा दलले जनताको नाउँमा निष्ठा र इमान्दारिताको राजनीति अङ्गिकार नगर्दा अहिले राजनीतिक सङ्कट उत्पन्न भएको बताएका छन् ।
अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा नेपाली कांग्रेस र नेकपाको व्यवहार र कामबाट जनता अहिले आजित भएको बताए । उनले लोकतन्त्रको आवरणमा मुलुकमा भ्रष्टाचार हावी भएको आरोप लगाए ।
उनले सार्वभौम सम्भावनासहितको सनातन धर्मको रक्षा गर्न सबै नेपालीको चिन्तन आवश्यक रहेको उल्लेख गरे ।