
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीमा ट्रक र माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
शनिवार बिहान नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ८४ नम्बरको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नम्बरको मालवाहक ट्रकमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् । दुर्घटनामा ६ घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि चितवन पठाइएको, २ जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र १ घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।