२८ जेठ २०८३, बिहीबार

भागरथी भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन संग्रौलाको माग

फागुन १, २०७७
भागरथी भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन संग्रौलाको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले भागरथी भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग गरेकी छन् ।

शनिवार एक विज्ञप्ति जारी गरी उनले बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि गरिएको हत्याले मानव जातिलाई नै स्तब्ध बनाएको भन्दै हत्यारालाई तत्काल पक्राउ गर्न आग्रह गरेका हुन् ।

देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।

उनले घटनाबारे प्रधानमन्त्रीबाट आमनागरिकको चासो र चिन्तालाई सम्बोधन गरी सम्बन्धित निकायलाई तुरुन्तै कडाभन्दा कडा कारवाहीका लागि निर्देशन गर्न अनुरोध समेत गरेका छन् ।

डा. संग्रौलाले सुदूरपश्चिम प्रदेश सरकारलाई तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आग्रह समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्