०५ साउन २०८३, मंगलबार

तीन दिनपछि आयो प्रचण्डलाई ओलीको जवाफ

'जनसभा कस्तो हुँदो रहेछ देखियो होला नि !'
तीन दिनपछि आयो प्रचण्डलाई ओलीको जवाफ

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुटवलको सभामा शनिवारको उपस्थिति चुनावको स्वागतमा व्यक्त अभिमत भएको बताएका छन् । बुटवलको सभाले अस्थिरता चाहानेलाई स्थिरताको पक्षमा जवाफ दिएको उनले दावी गरे । 

रुपन्देहीको बुटवलमा नेकपाले शनिवार आयोजना गरेको सभालाई सम्वोधन गर्दै ओलीले जनसभा कस्तो हुन्छ भनेर हेर्न आउनु भन्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुटवलको सभा हेर्न चुनौती दिएका हुन् । 

‘अस्ति तीन दिन अगाडि मात्र दशेभरीबाट मान्छे जम्मा गरेर, अलिकति मान्छे देखेपछि जनसभा हेर्न यहाँ आउ केपी ओली भनेर मलाइ केही मान्छेले भनेका थिए । आज म देशभरीको होइन लुम्बिनी प्रदेशको सभा हेर्न आउनको लागि आग्रह गर्छु । आउनुस् जनसहभागिता कस्तो हुन्छ ?’ ओलीले भने, ‘यो उपस्थिति देश बनाउनको लागि हो, अस्थिरता चाहनेलाई स्थिरताको पक्षमा तपाईंहरुले दिएको जवाफ हो, चुनावको स्वागत गर्न व्यक्त गरेको अभिमतलाई सलाम भन्न चाहन्छु ।’ 
यसअघि माघ २८ गते काठमाडौंको सभामा प्रचण्डले जनसभा कस्तो हुन्छ भनेर हेर्न ओलीलाई चुनौती दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्