२८ असार २०८३, आइतबार

केरुङ नाकामा आयात–निर्यात सहज बनाउन पहल गर्न सरकारसँग कांग्रेसको माग

केरुङ नाकामा आयात–निर्यात सहज बनाउन पहल गर्न सरकारसँग कांग्रेसको माग

नेपाली कांग्रेसले केरुङ नाकामा आयात निर्यात सहज बनाउन चीनसँग छलफल गर्न सरकारसँग माग गरेको छ । 

आइतवार एक विज्ञप्ति जारी गर्दै काँग्रेसले सीमा नाकामा व्यवसायीहरूले दुःख पाइरहेको प्रति ध्यानाकर्षण गर्न सरकारसँग माग गरेको हो । 

उसले विज्ञप्तिमा भनेको छ, ‘चिनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो । तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदा ।’

हाल सीमा नाका आंशिक मात्रै खुला हुँदा १ हजार ५ सय भन्दा बढी कन्टेनर सीमामा अलपत्र परेका छन् । 

काँग्रेसले विज्ञप्तिमा भनेको छ, ‘०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ । यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्