०१ साउन २०८३, शुक्रबार

एक युवतीसँग किन यति डराएको हो भारत सरकार ?

फागुन ३, २०७७
एक युवतीसँग किन यति डराएको हो भारत सरकार ?

दिशा रवि नामक २१ वर्षीया युवतीसँग भारत सरकार तर्सिएको छ । 

किसानहरूको प्रदर्शनसँग सम्बन्धित टूलकिट सामाजिक सञ्जालमा शेयर गरेपछि उनी चर्चामा आएकी हुन् । उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । 
 

बेंगलुरुका वातावरणप्रेमीहरूमाझ दिशा चिरपरिचित नाम हो । पोखरीहरूको सरसफाइ र वृक्षरोपण अभियानमा उनी विगत दुई वर्षदेखि सक्रिय छिन् । 

सन् २०१९ मा दिशाले माउन्ट कार्मेल कलेजबाट बीबीए गरेकी थिइन् । उनका सहपाठीहरू उनी मेधावी विद्यार्थी भएको बताउँछन् । व्यवस्थापन, नेतृत्व र सञ्चार क्षमतामा दिशा दक्ष छिन् । 
 

बेंगलुरुको उपनगरीय क्षेत्रमा दिशाको घर छ । प्रत्येक वर्ष वर्षामा उनको घरमा बाढी आउने गरेको थियो । 

उनका साथीहरू भन्छन्, ‘दिशाले जलवायु संकटको असर प्रत्यक्ष खपेकी छन् । उनका हजुरबुवा किसान थिए । सुक्खा र बाढी अनि अन्य समस्याका कारण परिवारले संघर्ष गरेको उनले देख्दै आएकी छन् । उनी २२ वर्षको उमेरमा परिवारका लागि जीविकोपार्जन गरिरहेकी थिइन् ।’

दिशाले वातावरण सम्बन्धी कार्यक्रमहरूमा भाग लिने गरेकी थिइन् । जलवायु संकटका कारण दिशाले लिएको गहिरो चिन्तालाई उनका साथीहरूले बुझेका छन् । 

किसानहरूको प्रदर्शनसम्बन्धी टूलकिट सामाजिक सञ्जालमा शेयर गरेको विषयमा दिल्लीको एक अदालतले आइतवार दिशालाई पाँच दिनको प्रहरी हिरासतमा पठाएको हो । 

उनलाई दिल्ली प्रहरीको साइबर सेलले शनिवार बेंगलुरुबाट पक्राउ गरेको थियो । 

भारत सरकारविरुद्ध व्यापक षड्यन्त्र रचेको र खालिस्तानी आन्दोलनमा भूमिका निर्वाह गरेको भन्दै प्रहरीले दिशाको रिमान्ड माग गरेको थियो । 

सुनुवाइका क्रममा दिशा रवि अदालतमा रोइन् र न्यायाधीशलाई आफूले सामाजिक सञ्जालको पोस्टमा दुई पंक्ति मात्र सम्पादन गरेको र किसान आन्दोलनलाई समर्थन मात्र गरेको बताइन् । 

विपक्षी दल कांग्रेसकी नेत्री प्रियंका गान्धीले शायराना ट्वीट गर्दै लेखिन्– बन्दूक बोकेकाहरू एक निर्दोष युवतीसँग डराउँछन्, एक निर्दोष युवतीको साहसले फैलिएको छ उज्यालो । 
 

salt training

कमेन्ट गर्नुहोस्