१० असार २०८३, बुधबार

दूरसञ्चार प्राधिकरणले गर्‍यो फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

फागुन ३, २०७७
दूरसञ्चार प्राधिकरणले गर्‍यो फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ ।

प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसँगै फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । 

प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पेश गरिएको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार फोरमले गरेको सिफारिसका आधारमा ७००, ९००, २ हजार ३०० र २ हजार ६०० मेगाहर्ज ब्याण्डलाई तल्लो ब्याण्डअन्तर्गत, ३ हजार ३००, ३ हजार ४००, ३ हजार ६०० र ४ हजार मेगाहर्जलाई मध्यम तथा २६ गिगाहर्ज ब्यान्डलाई उच्च ब्याण्डको सूचीमा राखेर प्राधिकरणले समितिमा सिफारिस गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री संयोजक रहने राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको निर्णयपछि मात्रै फ्रिक्वेन्सी सेवा प्रदायकले पाउने वा नपाउने निर्धारण हुनेछ । 

यसअघि प्राधिकरणले नेपालमा फाइभजी विस्तारका लागि प्राधिकरणका सञ्चालक सदस्य मणि चौलागाईंको संयोजकत्वमा राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमलाई अध्ययनको जिम्मा दिएको थियो । चौलागाईंको संयोजकत्वको फोरममा प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, फ्रिक्वेन्सी महाशाखाका निर्देशक अम्बर स्थापित, उपनिर्देशक प्रदीप पौडेल तथा नेपालमा दूरसञ्चार उपकरण बिक्री गरिरहेका चिनियाँ कम्पनी हुवावे र जेडटीईका प्रतिनिधि सदस्य रहेका थिए ।

फोरमले गत मंसिरमा नेपालमा फाइभजी सेवा सञ्चालन गर्न सकिने आशयको फ्रिक्वेन्सी पहिचान प्रतिवेदन प्राधिकरणमा पेश गरेको थियो । फोरमले पेश गरेको प्रस्तावका आधारमा प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरेर राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पेश गरिएको प्राधिकरणले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्