२४ जेठ २०८३, आइतबार

६ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

६ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमवार ६ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । 

हिमालयन डिस्टीलरी, मुक्तिनाथ विकास बैंक, लक्ष्मी लघुवित्त, एनएलजि इन्स्योरेन्स, अरुण हाइड्रोपावर डेभलपमेन्ट र  कामना सेवा विकास बैंकको १ करोड ५ लाख ९ हजार ५०५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेका अनुसार, हिमालयन डिस्टीलरीको २८ लाख ९२ हजार ३४१.२५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

यस्तै मुक्तिनाथ विकास बैंकको ४८ लाख ६५ हजार ६१३.१७ कित्ता, लक्ष्मी लघुवित्तको ४ लाख १७ हजार ४५० कित्ता र एनएलजि इन्स्योरेन्स कम्पनीको ७ लाख १७ हजार २५५ कित्ता बोनस सूचीकृत भएको छ ।

त्यस्तै अरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४ लाख ९९ हजार १६२ कित्ता, र कामना सेवा विकास बैंकको ११ लाख १७ हजार ६८३.७९५७ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्