११ असार २०८३, बिहीबार

नुवाकोट र लमजुङमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ९८५ जना लाभान्वित

नुवाकोट र लमजुङमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ९८५ जना लाभान्वित

नेपाली सेनाले नुवाकोट र लमजुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सेनाले नुवाकोटको किस्पाङ गाउँपालिका–३ काउले स्वास्थ्य चौकी र लमजुङको दोर्दी गाउँपालिका–८ बन्सारको फलेनी माविका ९८५ जनालाई निःशुल्क सेवा दिएको जनसम्पर्क निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । 

नुवाकोटमा माघ २७–२८ र लमजुङमा फागुन १ गते जबरजंग गण र श्रजंग गणले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । 

शिविरमा नुवाकोट जिल्ला अस्पताल त्रिशुलीका हाडजोर्नी, प्रसुती तथा स्त्री रोग लगायतका ४ जना विशेषज्ञ डाक्टरहरू एवं नेपाली सेनाका २ जना डाक्टरको टीमले संयुक्त रूपमा स्थानीयको स्वास्थ्य परीक्षण गरेको थियो ।

स्वास्थ्य शिविरबाट पुरुष १४४ जना, महिला ३२९ जना र बालबालिका २६ जना गरी जम्मा ४९९ जना सर्वसाधारणहरू लाभान्वित भएको सेनाले जनाएको छ ।

दोर्दी गाउँपालिका–८ बन्सारस्थित फलेनी माविको प्राङ्गणमा जिल्ला अस्पताल बेशीशहरका २ जना डाक्टर र नेपाली सेनाका २ जना डाक्टर सहितको १४ जनाको मेडिकल टीमले १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।  

स्वास्थ्य शिविरमा जनरल चेकअप, फिजियोथेरापी, आँखा, दात, ल्याब टेस्ट भ्यासेक्टोमी सेवा र ४२ प्रकारका निःशुल्क औषधि वितरण सेनाले जनाएको छ ।

शिविरबाट ४८६ जना स्थानीय व्यक्तिहरू लाभान्वित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्