१४ असार २०८३, आइतबार

जसपा नेता साह र कांग्रेस नेता निधि निकट ठाकुर नेकपा ओली समूहमा प्रवेश

जसपा नेता साह र कांग्रेस नेता निधि निकट ठाकुर नेकपा ओली समूहमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार किरण साह नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

ओली समूहको युवा संघका उपाध्यक्ष सन्जीवकुमार झा ‘सुरज’ले दिएको जानकारी अनुसार मंगलवार साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा खादा ओढाएर पार्टी प्रवेश गराएका छन् ।

नेपाली कांग्रेस समर्थित जनकपुरका बलराम ठाकुरलाई पनि पार्टी प्रवेश गराइएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक समेत रहेका ठाकुरलाई समेत पार्टी प्रवेश गराइएको सुरजले लोकान्तरलाई बताए ।

ठाकुर नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि निकट थिए । ठाकुरलाई निधिले नै बृहत्तर जनकपुरको कार्यकारी निर्देशक बनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्