०१ असार २०८३, सोमबार

१९ हजार फीट माथि उड्न सक्ने कारलाई अमेरिकाको उड्डयन विभागले दियो स्वीकृति (भिडियो)

माघ २८, २०७७
१९ हजार फीट माथि उड्न सक्ने कारलाई अमेरिकाको उड्डयन विभागले दियो स्वीकृति (भिडियो)

उड्ने कार अहिलेसम्म विज्ञानकथामा मात्र देखिएको भए पनि अब छिट्टै वास्तविक जीवनमा समेत देखिने भएको छ । 

अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले १०० माइल प्रतिघन्टाको गतिमा उड्ने कारलाई स्वीकृति दिएको हो । यो कार सडकमा गुड्ने अनि आकाशमा उड्ने दुवै गर्न सक्छ । 
 

टेराफुगिया ट्रान्जिसनले विभागबाट उड्ने कार सञ्चालन अनुमतिको प्रमाणपत्र प्राप्त गरेको छ । 

यो तत्कालका लागि पाइलट र विमान उडाउन सिकाउने संस्थाहरूलाई मात्र उपलब्ध गराइएको छ । अब एक वर्षमा यो सडकमा समेत राम्ररी गुड्ने गरी सञ्चालनमा आउनेछ । सडक सुरक्षा मापदण्डलाई यसले पालन गर्न बाँकी छ । 

चालकहरूले उडिरहेको कारलाई एक मिनेटभन्दा कम समयमा सडकमा गुड्न मिल्ने बनाउन सक्छन् । यो साना विमानस्थल र राजमार्गमा समेत उड्न र अवतरण गर्न सक्छ । 
 

टेराफुगियाले दुई सीटे हाइब्रिड कारको उत्पादन तथा सञ्चालन स्वीकृति सन् २०२२ सम्ममा पाइसक्ने आशा गरेको छ । तर यो चलाउनका लागि सवारीचालक अनुमतिपत्र र पाइलटको प्रमाणपत्र दुवै आवश्यक छ । 

salt training

कमेन्ट गर्नुहोस्