१७ असार २०८३, बुधबार

भरतपुरको मतगणना सुचारु गर्न १० बुँदे सहमति

कात्तिक २०, २०७४
भरतपुरको मतगणना सुचारु गर्न १० बुँदे सहमति

चितवन, ६ जेठ– मतगणना पारदर्शी नभएको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा लगायत दलले बहिस्कार गरेको भरतपुर महानगरपालिकाको मतगणना केहीबेरमा सुरु हुने भएको छ ।

प्रमुख निर्वाचनअधिकले बोलाएको सर्वदलीय सहमतिमा १० बुँदै सहमति भएपछि मतगणना सुचारु हुने भएको हो ।

भतपुर महानगरपालिकाको ९ नम्बर वडाको मत गन्दै गर्दा मतसंख्या फरक परेको भन्दै कांग्रेस, माओवादी र राप्रपालगायत दलले फेरि गणना गर्न माग गरेपछि मतगणना स्थगित भएको थियो ।

मूख्य निर्वाचन अधिकृतले नै मतगणनाको परिणाम फरक फरक ढंगले सार्वजनिक गर्ने गरेको आरोप लागेको थियो । अब भने सूचना अधिकारी तोकेर एकद्वारा प्रणालीबाट मतपरिणाम सार्वजनिक गरिने छ ।

हिजो राती मतगणना स्थगित हुनु अगाडिसम्मको परिणामअनुसार नेकपा एमालेका उम्मेदवार देवि ज्ञवाली १५ हजार १ सय ५५ मतसहित अग्रस्थानमा थिए । उक्त परिणामअनुसार कांग्रेस माओवादीकी संयुक्त उम्मेदवार रेणु दाहालले १४ हजार ८ सय ९ मत प्राप्त गरेकी थिइन् भने राप्रपाका उम्मेदवारले १ हजार १ सय ५० मत ल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्