२७ जेठ २०८३, बुधबार

नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल हुँदैछ : मन्त्री अर्याल

फागुन ६, २०७७
नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल हुँदैछ : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पदमाकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताएकी छन् ।

बिहीवार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले  किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिइन् ।

‘धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरू भएको छ,’ उनले भनिन्, ‘किसानको यो समस्या दीर्घकालीन रूपमा समाधान गर्न नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ ।’

आगामी मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने मन्त्री अर्यालले जानकारी दिइन् ।

एक प्रश्नका जवाफमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री अर्यालले निर्वाचनको प्रक्रिया शुरू भएपछि राजनैतिक दल दर्ता प्रक्रिया र चिह्न हस्तान्तरण प्रक्रियासँगै आधिकारिकताको विषयको विवाद टुंगिने बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्