३१ जेठ २०८३, आइतबार

स्कूल बसको ठक्करबाट १ जनाको मृत्यु

स्कूल बसको ठक्करबाट १ जनाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा स्कूल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

तिलोत्तमा–११ कुमारी चोकमा बसको ठक्करबाट मर्निङ वाकमा निस्किएका तिलोत्तमा नगरपालिका ११ बस्ने ३४ वर्षीय सुमन खौसियाको मृत्यु भएको हो ।

मृतक खौसियासहित स्थानीय आरती थापालाई शान्ति नमुना माध्यमिक विद्यालयकोे बसको ठक्कर दिएको थियो । लु१क ८२४ नम्बरको बसको ठक्करबाट खौसियाको मृत्यु भएको र सोही ठाउँकी आरती थापा घाइते भएको प्रहरीले जनाएको छ ।

थापाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्