२८ असार २०८३, आइतबार

चुनाव सकिएका स्थानीय तहमा फेरि अर्को चुनाव हुने, निर्वाचन आयोगले माग्यो दलको पत्र

कात्तिक २०, २०७४
चुनाव सकिएका स्थानीय तहमा फेरि अर्को चुनाव हुने, निर्वाचन आयोगले माग्यो दलको पत्र

काठमाडौं, ६ जेठ– पहिलो चरणको निर्वाचन सकिएर पूर्ण नतिजा आइसकेका स्थानीय तहमा फेरि अर्को चुनाव हुने भएको छ । स्थानीय तह अन्तर्गत महानगर, उपमहानगर तथा नगरपालिकाहरुमा नगरकार्यपालिका र गाउँपालिकाहरुमा गाउँकार्यपालिका गठनका लागि चुनाव हुन लागेको हो ।

नगर र गाउँको कार्यपालिकामा चुनाव लड्न चाहने उम्मेदवारहरुले सम्बन्धित दलको आधिकारिक पत्र बुझाउन निर्वाचन आयोगले आह्वान गरेको छ ।

निर्वाचन आयोगले एक सूचना प्रकाशित गर्दै गाउँसभाले निर्वाचित गर्ने गाउँकार्यपालिका एवं नगरसभाले निर्वाचित गर्ने नगरकार्यपालिकाको सदस्य बन्न चाहने उम्मेदवारलाई दलको मनोनयन पत्र अनिवार्यरुपमा ल्याउन भनेको हो ।


स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय निर्वाचन सम्पन्न भएको १५ दिनभित्र नगरपालिकामा ५ जना महिला सदस्य र ३ जना दलित वा अल्पसंख्य सदस्यसहित ८ जनालाई निर्वाचित गर्नुपर्ने हुन्छ । यस्तै गाउँपालिकामा ४ जना महिला सदस्य र २ जना दलित वा अल्पसंख्यक सदस्यसहित ६ जनालाई कार्यपालिका प्रतिनिधिका लागि निर्वाचित गर्नुपर्ने स्थानीय तह निर्वाचन एनेमा व्यवस्था छ ।

आयोगले प्रकाशन गरेको सूचनाअनुसार गाउँ तथा नगरकार्यपालिकाको निर्वाचनका लागि उम्मेदवारी दिने व्यक्तिले सम्वन्धित दलको पदाधिकारीकै हस्ताक्षर भएको मनोनयन पत्र पेश गर्नुपर्ने हुन्छ । र सोही अनुसारको कागजपत्रका आधारमा मात्रै उम्मेदवारी दर्ता गर्न पनि आयोगले निर्वाचन अधिकारीहरुलाई परिपत्र गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्