०७ असार २०८३, आइतबार

पेरिसडाँडामा २ सय ८० नागरिकता संकलन

पेरिसडाँडामा २ सय ८० नागरिकता संकलन
तस्वीर - पत्रकार सन्जिव बगालेको ट्वीटरबाट

पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्वको नेकपाका पक्षमा २ सय ८० भन्दा बढी केन्द्रीय सदस्यहरू देखिएका छन् ।

केन्द्रीय कमिटी सदस्यहरूले शुक्रवार आफ्नो परिचयपत्र र नागरिकता बोकेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा उपस्थित भएका थिए ।

पार्टी कार्यालयका सचिव श्रीराम ढकालले २ सय ८० नागरिकता स्क्यान भइसकेको जानकारी दिए ।

नागरिकता लिएर आउने केन्द्रीय सदस्यहरूको संख्या बढ्दो क्रममा रहेको ढकालले बताए ।

'अहिलेसम्म २८० जनाको नागरिकता जम्मा भइसकेको छ,' ढकालले भने, 'केन्द्रीय सदस्य आउने क्रम अझै जारी छ ।'

उनले पार्टी कार्यालयमा जम्मा गरिएको नागरिकताको प्रतिलिपि आवश्यक हुँदा निर्वाचन आयोग लैजाने बताए ।

विवाद अघिको सत्तारूढ नेकपामा ४ सय ४१ केन्द्रीय सदस्य थिए । तीमध्ये २ सय ८० भन्दा बढी प्रचण्ड-नेपाल पक्षमा खुलेका छन् ।

कमेन्ट गर्नुहोस्