०४ असार २०८३, बिहीबार

अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन अनुरोध

अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन अनुरोध

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको सूचना पठाएर पैसा माग्ने तथा सस्तो मूल्यमा सामान पठाइदिने भनेर ठगी गर्ने गिरोह नै सक्रिय भएको भन्दै प्रलोभनमा नपर्न प्रहरीले आग्रह गरेको छ ।

सामान सस्तो मूल्यमा छ भनी विज्ञापन गरेर पैसा जम्मा गर्न लगाएर  बैंकमार्फत वा आईएमई गरेर पैसा माग्ने गरेको फेला परेको प्रहरीले जनाएको छ । लोभमा परेर धेरै मानिस ठगिएकाले त्यस्ता गतिविधिप्रति सचेत हुन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्