
चितवन, ६ जेठ– सर्वाधिक चर्चा र चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । भरतपुर महानगरपालिका अन्तर्गत वडा नम्बर १० को मतगणना गर्दा उनले अग्रता बढाएका हुन् ।
देवी ज्ञवालीले १५ हजार ५ सय ८९ मत पाएका छन् भने माओवादीकी रेणु दाहालले १५ हजार २ सय ७६ मत पाएकी छिन् ।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहले १७६४९ मत पाउँदा एमालेकी दिव्या आचार्यको १३५०८ मत रहेको छ ।
वडामा भने कांग्रेसका उम्मेदवार ५५९ मतसहित अगाडि छन् भने दोस्रोमा एमालेका उम्मेदवारले ३९५ मत पाएका छन् ।