पोखरा, ६ जेठ— पोखरा कास्की महानगरको मेयर पदमा कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ ।

जारी मतगणनाअनुसार एमालेले केहि अग्रता लिएको भएपनि प्रतिष्पर्धा निकै रोचक देखिएको छ । शनिबार रातीसम्म एमालेका मानबहादुर जिसीले २१३७१ मत ल्याउँदा कांग्रेसका रामजी कुँवरले १९५१० मत ल्याएका छन् ।
यस्तै उपमेयरमा एमालेकी मञ्जु गुरुङले २०१५३ मत ल्याउँदा कांग्रेसकी सरस्वती गुरुङले १८४१५ मत पाएकी छन् ।