बैशाख २४, २०८०
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको घोषणा शनिवार गरेको छ ।
आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्नु पर्ने शर्त उसले वार्ताका अगाडि सारेको छ ।
यसलाई आफ्ना राजनीतिक क्रियाकलापमाथि लगाइएको प्रतिबन्ध फुकुवा होस् भन्ने उसको अभिप्राय हो भनेर बुझ्न सकिन्छ । वार्ताका यो कुनै कडा शर्त होइन । सरकारले छिट्टै टोली गठन गरेर वार्ता गरोस् ।
राजधानी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विस्फोटका घटना घटाएपछि सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्ध पछिको दुई वर्षको अवधिमा विप्लव समूह सीमित जिल्लाका केही स्थानमा खुम्चिनुबाहेक राजनीतिक क्रियाकलाप गर्न सकेन् । अहिले आएर वार्ताका लागि तयार रहनु सकारात्मक कुरा हो ।
वार्ताका लागि भएका विभिन्न अनौपचारिक प्रयासपछि विप्लवले विज्ञप्तिमार्फत वार्ता र संवादका लागि तयार रहेको बताएका छन् । यो स्वागतयोग्य कुरा हो ।
अर्को कुरा विप्लव समूहका माग पनि अमूर्त छन् । राज्यसत्ता प्रतिको असन्तुष्टिबाहेक विप्लवको पार्टीले अगाडि सारेका राजनीतिक मुद्दा जनताले बुझेका छैनन् ।
राज्यले हराउन नसकेको त्यो भीषण सशस्त्र संघर्ष र २१ औं शताब्दीको पहिलो जनक्रान्तिमार्फत नेपालमा गणतन्त्र स्थापना भएको थियो ।
अहिले त्यो स्तरको आन्दोलन हुने वस्तुगत परिस्थिति छैन । विगतमा सशस्त्र संघर्षमा सहभागी भएर फेरि गाउँमा हलो जोत्न फर्केका या रोजगारी खोज्दै खाडी मुलुकमा पुगेर पश्चाताप गरिरहेको पुस्ता फेरि त्यही खालको संघर्षका लागि तयार छैन । अहिलेका युवाले आफ्नो जीवनमा उन्नति र सुधार खोजेका छन् । अर्थात् शिक्षा, काम र रोजगारी खोजेका छन् न कि हतियार ।
मोबाइल फोनको सिमका आधारमा मानिस कहाँ छ भनेर थापा पाइने र सूचना प्रविधिले गाउँलाई छिचोलेको अवस्थामा अहिले भूमिगत आन्दोलन न सफल हुनेवाला छ न कसैले समर्थन गर्नेवाला छ ।
जनजीविकाका मुद्दा उठाएमा अहिले पनि राजनीतिक स्थान बाँकी छ भन्ने उदाहरण स्वयं विप्लवका छोरा प्रकाशले चलाएको आन्दोलनबाट पुष्टि हुन्छ । मेडिकल शिक्षाको क्षेत्रमा शुरू भएको आन्दोलन उदाहरण हो । चितवनबाट शुरू भएको सो आन्दोलनले मेडिकल शिक्षाको क्षेत्रमा केही सुधारको प्रयत्न गर्यो ।
गन्तव्यमा पुग्न नसकिने भूमिगत आन्दोलनको रहर छाडेर जनजीविका, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका मुद्दा लिएर शान्तिपूर्ण राजनीतिमा अवतरण गर्दा विप्लवका लागि स्पेस बाँकी छ ।
नेपाली जनताले सबैको शासन सत्ता देखिसके, अहिलेसम्म संसद र सत्तामा नगएका विप्लवको परीक्षण बाँकी छ ।
उनले यो मौकाको सदुपयोग गरुन् । सरकारले विप्लव समूहसँग सार्थक वार्ता गरेर उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन कुनै कसर बाँकी नराखोस् ।
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...