०४ साउन २०८३, सोमबार

त्रिवि सेवा आयोगमा एकैपटक झन्डै ७ सय जनालाई रोजगारीको अवसर, अनलाइनबाटै आवेदन दिन सकिने [हेर्नुहोस् सूचना]

त्रिवि सेवा आयोगमा एकैपटक झन्डै ७ सय जनालाई रोजगारीको अवसर, अनलाइनबाटै आवेदन दिन सकिने [हेर्नुहोस् सूचना]

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा गरी करिब ७ सय जनाका लागि जागिर खुलाएको छ।

आयोगले आइतवार सूचना निकालेर खुलातर्फ १४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र ४ सय ४४ जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ।

त्यस्तै आन्तरिक तर्फबाट प्राध्यापक ९२ जना र सह प्राध्यापक १३७ जना माग गरेको छ । आयोगले आन्तरिक र खुलातर्फ गरेर ७११ जना प्राध्यापक माग गरेको हो।

आयोगले गणित, अंग्रेजी, अर्थशास्त्र, प्राणीशास्त्र, व्यवस्थापन, राजनीतिशास्त्र, क्लिनिकल माइक्रोबाइलोजी लगायतका विभिन्न विषयका प्राध्यापक माग गरेको हो।

आयोगका अनुसार प्राध्यापक पदका लागि ३ हजार ५ सय रुपैयाँ, सह प्राध्यापक पदका लागि ३ हजार २ सय रुपैयाँ तिरी फारम बुझाउनु पर्ने छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन ९ गतेबाट चैत्र १४ गते अर्थात दोब्बर दस्तुर तिरी चैत्र २१ गते रातको १२ बजे सम्म आवेदन दिन सक्नेछन् ।

दरखास्तका लागि इच्छुक उम्मेदवारले अनलाइनबाटै पनि आवेदन दिन पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्