०५ साउन २०८३, मंगलबार

प्रचण्ड–नेपाल समूहले भन्यो–अब नयाँ ढंगले अघि बढ्छौं (विज्ञप्तिसहित)

फागुन ११, २०७७
प्रचण्ड–नेपाल समूहले भन्यो–अब नयाँ ढंगले अघि बढ्छौं (विज्ञप्तिसहित)

नेकपा प्रचण्ड–नेपाल समूहले अबको नयाँ परिस्थितिमा गम्भीर जिम्मेवारी बोध गर्दै नयाँ ढंगले अगाडि बढ्ने बताएको छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गरेपछि एक विज्ञप्ति जारी गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, लोकतन्त्रको उन्नत अभ्यास एवम् सुदृढीकरण, सुशासन, सामाजिक  आर्थिक रुपान्तरण, सामाजिक न्यासहितको समृद्धि र समाजवादको आधार निर्माणलगायतका विषयमा गम्भीर आत्मसमीक्षासहित सबै लोकतान्त्रिक शक्तिहरूसँग हातेमालो गर्दै नयाँ ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा अहिले असंवैधानिक एवम् प्रतिगामी कदम परास्त र असफल भएपनि त्यस्ता खाले षड्यन्त्र हुन सक्ने भन्दै सचेत रहन पनि अपील गरिएको छ ।

विज्ञप्तिमा सर्वोच्चको फैसलाको स्वागत गर्दै प्रतिनिधिसभालाई बचाउनुका साथै संविधान र लोकतन्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुगेको ठहर गरिएको छ ।

कमेन्ट गर्नुहोस्