०४ असार २०८३, बिहीबार

सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे कार्यक्रम गर्न नेकपाको निर्देशन

फागुन १२, २०७७
सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे कार्यक्रम गर्न नेकपाको निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वाेच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गर्दै देशभर सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय संघर्ष समितिले बिहान ८ बजे कार्यक्रम गर्न निर्देशन दिएको नेता विष्णु रिजालले जानकारी दिए ।

फैसलाको स्वागत गर्दै काठमाडौंको शान्ति वाटिकामा मध्याह्न १२ बजे आयोजित कार्यक्रममा सहभागी हुन समेत आह्वान गरिएको छ । सर्वाेच्च अदालतले मंगलवार प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेको थियो ।

नेता रिजालले ट्विटरमा लेखेका छन्, ‘संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि आज मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा सहभागी बनौं ! सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे । केन्द्रीय संघर्ष समिति, नेकपा ।’

salt training

कमेन्ट गर्नुहोस्