३१ जेठ २०८३, आइतबार

बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठक जारी

फागुन १२, २०७७
बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठक जारी

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठक  केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघिदेखि स्थायी कमिटी बैठक बसिरहेको बालुवाटार स्रोतले लोकान्तरलाई बतायो । 

बैठकमा अर्थमन्त्री एवम् पार्टी महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा, , परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री टोप बहादुर रायमाझी, खानेपानी मन्त्री मणिचन्द्र थापा, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ उपस्थित भएका छन् ।

यस्तै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल लगायत बैठकमा उपस्थित छन् । 

salt training

कमेन्ट गर्नुहोस्