
चिनियाँ जनमुक्ति सेनाको सदर्न थिएटर कमान्डका कम्तीमा १० वटा बमवर्षक विमानहरूले जलक्षेत्रीय अभ्यास गरेका छन् ।
यसबाट चीनसँग दुश्मनको जहाजलाई निवारण गर्न एन्टीशिप ब्यालिस्टिक मिसाइल मात्र नभई बमवर्षक विमान पनि भएको दुनियाँलाई देखाएको विश्लेषकहरूले बताए ।
अमेरिका र फ्रान्स लगायत मुलुकले दक्षिण चीन सागरमा गतिविधि बढाएको समयमा चीनले अभ्यास गरेको हो ।
अभ्यासमा जलक्षेत्रीय तारोहरूमा क्षेप्यास्त्र आक्रमण तथा नयाँ र पुराना चालकहरूबीच समन्वयको परीक्षण गरिएको कमान्डर ली हाइताओले बताए ।
बेइजिङमा रहेका जलसैन्यविद् ली जिएका अनुसार, बमवर्षक विमानहरू दक्षिण चीन सागरमा तैनाथ गरिनु महत्त्वपूर्ण छ किनकि अमेरिकी सेनाको उत्तेजक गतिविधिलाई त्यसले दबाउन सक्छ । यी बमवर्षक विमानसँग जलसैन्य भिडन्तका क्षमताहरू रहेका छन् ।