
प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले सत्ताको आशै नगरेको काँग्रेसलाई प्रधानमन्त्री दिन नेकपा प्रचण्ड नेपाल समूहबाट तँछाडमछाड भएको बताएकी छिन् । उनले पार्टीलाई एकताबद्ध राख्न वर्तमान प्रधानमन्त्री केपी ओललिाई निरन्तरता दिन पनि आग्रह गरेकी छिन् ।
'आफ्नै पार्टी फुटाएर, आफ्नो पार्टीको सरकार ढालेर, संसारलाई नाङ्गो नाच देखाउँदै यो संसद अवधिमा सरकार बनाउनेको खेलमा सहभागी हुने कुनै आस नगरेको कांग्रेसलाई प्रधानमन्त्री बनाउन तँछाडमछाड गर्नु भन्दा पार्टी नफुटाइ कम्युनिष्ट पार्टीकै प्रधानमन्त्रीको अवसरलाई निरन्तरता दिने कुरामा लाग्दा आउने पुस्तालाई केही भन्ने ठाउँ बाँकी रहने थियो', उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन्, 'पदको लालचमा यो अबस्थासम्म आइपुगेपछि अब त,सबै नेताको बुद्धि फर्के पनि हुने हो ।'