०१ असार २०८३, सोमबार

देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गर्ने नवनियुक्त अध्यक्षको प्रतिबद्धता

फागुन १३, २०७७
देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गर्ने नवनियुक्त अध्यक्षको प्रतिबद्धता
फाइल फोटो

देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् ।

१ हप्ताअघि मात्र उनलाई पर्यटन मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको थियो ।

पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।  देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर अगाडि लैजाने भन्दै उनले देवघाटमा रहेका मठमन्दिर र आश्रमहरूको संरक्षण र प्रवद्र्धन गर्दै अगाडि बढ्ने बताए ।

‘देवघाटमा रहेका स्थानीय तह, स्थानीयवासी र आश्रमसँग समन्वय गरेर अगाडि बढ्छु,’ उनले भने । उनले देवघाटमा लामो समयदेखि समस्याका रूपमा रहेको जग्गा अतिक्रमणलाई पनि रोक्ने बताए ।

अतिक्रमण गर्ने व्यक्ति र संघसंस्थासँग बसेर छलफल गरी समस्या समाधानको बाटो रोज्ने योजना रहेको उनले बताए । देवघाटमा रहेको बाँदरको समस्यालाई व्यवस्थित रूपमा समाधान गर्ने र दाहासंस्कार स्थलमा छाडा छोडिएका गाईलाई पनि व्यवस्थित गरिने अधिकारीको भनाइ छ ।

उनले त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणलाई अगाडि बढाइने प्रतिबद्धता जनाए ।

कार्यक्रममा निर्वतमान अधयक्ष शिवराज पौडेलले देवघाटको विकासका लागि नयाँ अध्यक्षलाई सहयोग गर्ने बताए । समितिले ठीक समयमा ठीक निर्णयका साथ काम गरिरहेको उनको भनाइ थियो । देवघाट गाउँ पालिकाका अध्यक्ष दुर्गबहादुर थापाले स्थानीय तहसँग सहकार्य गरेर काम गर्न आग्रह गरे ।

उनले देवघाट क्षेत्र विकासलाई गाउँपालिकाले सहयोग गरिरहेको भन्दै आउँदा दिनमा पनि सहयोग गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्