काभ्रे, ७ जेठ – काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोक व्यञ्जु विजयी भएका छन् । ७ हजार ८ सय ९१ मत ल्याएर व्यञ्जु विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश हुमगाईले ५ हजार ३ सय ७८ मत पाए ।
उपप्रमुखमा एमालेकी विमला शर्मा चौलागाई ६ हजार ५सय ७३ मत ल्याएर विजयी भइन । काभ्रेको बनेपा र पनौती नगरपालिकामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । धुलिखेल नगरपालिकाको विजय जुलसमा सहभागि हुन एमाले अध्यक्ष केपी ओली दिउसो धुलिखेल आउदैछन् ।