१२ असार २०८३, शुक्रबार

आर्मेनियामा कूको संकेत पाएपछि प्रधानमन्त्रीले हटाए प्रधानसेनापति

फागुन १३, २०७७
आर्मेनियामा कूको संकेत पाएपछि प्रधानमन्त्रीले हटाए प्रधानसेनापति

आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले प्रधानसेनापति ओनिक गास्पार्यानलाई बिहीवार पदमुक्त गरेका छन् । 
 

गास्पार्यानले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गर्दै बयान जारी गरेपछि प्रधानमन्त्रीले गास्पार्यान र उनीभन्दा मुनिका जनरललाई बर्खास्त गरेका हुन् । यस बयानलाई प्रधानमन्त्रीले कूको पूर्वाभ्यासका रूपमा लिएका छन् ।
 

अजरबैजानसँगको युद्ध हारेपछि प्रधानमन्त्री पाशिन्यानमाथि राजीनामाको दबाब बढेको छ ।

राष्ट्रपतिले स्वीकृति दिएपछि मात्र गास्पार्यान बर्खास्त भएको आधिकारिक मानिनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्